
पोखरा, २३ असोज । पोखराका २४ जनासहित गण्डकी प्रदेशमा ३५ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको शुक्रवार जारी विज्ञप्तिअनुसार कास्कीका २४ जनासहित गण्डकी प्रदेशका ५ जिल्लामा गरी ३५ जना कोरोना संक्रमित थपिएका हुन् ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा पद्य नर्सिंङ होमका चिकित्सकसहित कास्कीमा २४, लमजुङका ३, तनहुँका ५ जना, गोरखाका १ र नवलपुरका २ जना गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय ३३ पुगेको छ ।



