गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नाघ्यो

-


     मर्दी न्युज    
     असाेज २७ गते २०७७ मा प्रकाशित


पोखरा, २७ असोज । पोखराका १८ जनासहित गण्डकी प्रदेशमा ३४ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मंगलवार जारी विज्ञप्तिअनुसार कास्कीका १८ जनासहित गण्डकी प्रदेशका ३ जिल्लामा गरी ३४ जना कोरोना संक्रमित थपिएका हुन् ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका १८, स्याङ्जाका १४ र लमजुङका २ जना गरी ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखराका संक्रमितमध्ये मणिपाल शिक्षण अस्पतालमा १, चरक अस्पतालमा १ र गण्डकी मेडिकल कलेजमा ५ जना उपचार गर्न आएको व्यक्तिहरुमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । बाँकी अन्य कन्ट्याक ट्रेसिङका आधारमा पहिचान भएको हो ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५ पुगेको छ ।



Tags: