विश्वमा कोरोना संक्रमितको संख्या करिब ४ करोड ६४ लाख

-


     मर्दी न्युज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज सोमवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६४ लाख १९ हजार ९३९ जना पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ९१ लाख ९८ हजार ७०० जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८४ हजार ८२ पुगेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५५ लाख ४५ हजार ७०५ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ११ लाख ९९ हजार ५०० पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म २ लाख ३० हजार ९३४ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख ६० हजार ७४ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा १ लाख २२ हजार १११ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर कोरोना निको हुनेको संख्या ३ करोड १० लाख ९ हजार ५५९ जना रहेको छ ।



Tags: