विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ८५ लाख

-


     मर्दी न्युज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित


पोखरा, २१ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ८५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शुक्रवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ८५ लाख ८० हजार ४०७ जना पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ९६ लाख ३२४ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख ६४ हजार ८६ पुगेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५५ लाख ९० हजार २५ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या १२ लाख ३१ हजार ५५८ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म २ लाख ३४ हजार ८७६ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख ६१ हजार १०६ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा १ लाख २४ हजार ३१५ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर कोरोना निको हुनेको संख्या ३ करोड २१ लाख १३ हजार ७०७ जना रहेको छ ।



Tags: