
काठमाडौं । संसद् विघटनको निर्णय असंवैधानिक भन्दै दायर रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा पेसी चढेको छ ।
आइतबार संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट दायर भएका छन् । प्रधानन्यायाधीश राणाले आफ्नै इजालसमा सुनुवाइका लागि पेसी तोकेका हुन्।
विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ थान रिट निवेदन दायार भएका छन्। नेकपाका सांसदहरूले दिएको निवेदनसहित सबै रिटमा एकैपटक सुनुवाइ हुँदैछ । संसद् विघटन असंवैधानिक भन्दै दायर रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाइएको छ ।

