नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

-


     मर्दी न्युज    
     माघ ५ गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बेलायतबाट आएका २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषको नमूना परीक्षणका लागि पुस २७ गते हङकङ प्रयोगशालामा पठाइएको नमूनाका नजित माघ ५ गते इमेलमार्फत आएको जनाउँदै उनीहरुमा नयाँ प्रकारको भाइरस पुष्टि भएको हो ।

तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष संक्रमण मुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरुषमा अझै पोजेटिभ नै रहेको मन्त्रालयले जनाएको छ ।