आशिष गुरुङको ‘ए ङोल्स्यो नानी’ गीत सार्वजनिक

-


     मर्दी न्युज    
     माघ १७ गते २०७७ मा प्रकाशित


पोखरा । गायक आशिष गुरुङको ‘ए ङोल्स्यो नानी’ गीत सार्वजनिक गरिएको छ । सुपर युनिक फिल्मस् प्रा.लि.ले शनिवार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

आशिष गुरुङ र उषा गुरुङको स्वर तथा लालसुब्बा गुरुङको शब्द संगीत रहेको गीतमा कोरियोग्राफी गायक आशिष गुरुङले नै गरेका छन् । उक्त शीर्षकको गीतमा गायक स्वम् आशिष गुरुङ र अनु थापा मगरको अभिनय देख्न सकिन्छ ।

आशिषले यसअघि पनि ‘क्योँ खनर याले’ शीर्षकको गीतमा स्वर भरिसकेका छन् ।

मादी गाउँपालिका ११ भाचोकमा छायाङ्कन गरिएको ए ङोल्स्यो नानी गीतको छायाङ्कन टेकमान गुरुङको रहेको छ । साजन गुरुङ नृत्य निर्देशक रहेको छ । सुपर युनिक फिल्मसको ब्यानरमा निर्माण भएको गीतमा प्रेमबहादुर गुरुङको निर्देशन र सम्पादन छ ।