आम हड्तालमा सर्वसाधारणको पैदलयात्रा; प्रचण्ड गाडीमा, माधव स्कुटरमा

-


     मर्दी न्युज    
     माघ २२ गते २०७७ मा प्रकाशित


काठमाडौं । आम हड्ताल अनुगमन गर्न विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल राजधानी काठमाडौंका विभिन्न चोकमा आफैं पुगेका छन् ।

सर्वसाधारणका लागि बन्द गरिए पनि प्रचण्ड र माधव नेपाल भने सबै ठाउँमा हिँडेर पुग्न सम्भव नभएको भन्दै सवारीसाधनमै एक ठाउँबाट अर्को ठाउँ पुगेका छन् ।

खुमलटारबाट गाडीमा निस्केका प्रचण्ड सातदोबाटो, कोटेश्वर, पुल्चोक हुँदै विभिन्न ठाउँमा आफ्नै गाडीमा गएका छन् । आफैंले गरेको बन्दको अवज्ञा गर्दै बा. १७ च ३०७१ को ल्याण्ड क्रुजर गाडीमा चढेर प्रचण्डले आम हड्ताल सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

माधव नेपाल भने केही ठाउँमा गाडी र केही ठाउँमा कार्यकर्ताको स्कुटरमा सवार भएर आम हड्तालको अनुमगन तथा धर्नामा सहभागी भएका छन् ।