
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय जाने भएका छन् । उनी आज मङ्गलवार बिहान ११ बजे आयोगको कार्यालय जाने बालुवाटार स्रोतले जनाएको छ ।
नेकपा विभाजनसम्बन्धी विवादबारे छलफल गर्न उनी आयोग जान लागेका हुन्।
यस विषयमा छलफलका लागि आयोगले नेकपाका दुवै पक्षलाई माघ १६ गते नै उपस्थित हुन भनेको भए पनि प्रचण्ड–नेपाल पक्षले थप समय मागेको हुनाले छलफल हुन सकेको थिएन।
नेकपाका दुवै पक्षका नेताहरूले आफूहरू मूल पार्टी रहेको दाबी गर्दै आएको भए पनि आयोगले भने दुवै पक्षको दाबी नपुगेको बताइरहेको छ ।
प्रधानमन्त्री ओली आयोग पुगेर आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गर्ने र आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बुझिएको छ ।

