टोकियो लगायत तीन प्रान्तमा आपतकाल दुई साता थपियो, थप ११४९ जना संक्रमित, ५५ को मृत्यु

-


     मर्दी न्युज    
     फागुन २१ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, २१ फागुन । टोकियो, खानागावा, साइतामा र चिबाप्रान्तमा आपतकाल दुई साता थपिएको छ । प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रबार कोरोना भाईरस कार्यदलको बैठकमा उक्त प्रान्तमा आपतकाल मार्च २१ सम्म थप्ने घोषणा गरेका हुन् । कोरोना भाईरस संक्रमण नियन्त्रणका जनवरी ८ देखि आपतकाल लागु गरिएको थियो ।

शुक्रबार १ हजार १ सय ४९ जना कोरोना संक्रमण थपिए भने ५५ जनाको मृत्यु भयो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ३८ हजार ५ सय ७४ जना पुगेको छ । त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार २ सय ११ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख १६ हजार ६ सय ८३ जना कोरोना संक्रमित निको भएका छन् ।
बुधबार ४१ हजार २ सय ३७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
संक्रमितमध्ये १२ हजार २ सय ४४ जनाको उपचार भइरहेको छ भने ३ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमित धेरै भएका प्रान्तहरू

टोकियोमा संक्रमित १ लाख १२ हजार ९ सय २५ जना र १ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ ।

ओसाकामा ४७ हजार ५ सय १२ जना संक्रमित र १ हजार १ सय ३२ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४५ हजार ४ सय ४१ जना र ७ सय १४ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २९ हजार ९ सय १७ जना र ६ सय ११ जनाको मृत्यु भएको छ ।
चिबामा संक्रमित २७ हजार जना र मृत्यु हुने संख्या ४ सय ७० जना पुगेको छ । आईचीमा संक्रमित २६ हजार १ सय २९ जना र ५ सय ३८ जनाको मृत्यु भएको छ ।
होक्काईदोमा संक्रमित १९ हजार ३ सय ४१ जना र मृत्यु हुने संख्या ६ सय ९० जना पुगेको छ । फुकुओकामा संक्रमित १८ हजार १ सय ९६ जना र ३ सय तीनजनाको मृत्यु भएको छ । ह्योगोमा संक्रमित १८ हजार १ सय ३० जना र मृत्यु हुने संख्या ५ सय ५६ जना पुगेको छ । क्योतोमा ९ हजार ८६ जना संक्रमित र १ सय ५८ जनाको मृत्यु भएको छ । त्यस्तै ओकिनावामा ८ हजार २ सय ७७, इबाराकीमा ५ हजार ८ सय ४१, सिजुओकामा ५ हजार २ सय २२, हिरोसीमामा ५ हजार ४१ र गिफुमा ४ हजार ६ सय ५५ जना संक्रमित संख्या पुगेको छ ।
टोकियोमा ३ सय एक, ओसाकामा ७४, खानागावामा १ सय ३१, साईतामामा ९०, चिबामा १ सय ३७, आईचीमा ५० जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ६४, फुकुओकामा २५, ह्योगोमा ३६, क्योतोमा सात, ओकिनावा १४, इबाराकीमा ४४, सिजुओकामा २३, हिरोसीमामा तीन र गिफुमा छ जना संक्रमित थपिए ।