
सन थापा,
जापान, २९ फागुन । जापानमा शनिबार १ हजार ३ सय २० जना कोरोना संक्रमित थपिनुका साथै ५१ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ६ सय ३५ जना पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ५ सय ८६ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख २५ हजार ३ सय ४४ जना कोरोना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये १२ हजार ५८ जनाको उपचार भइरहेको छ भने ३ सय ३७ जनाको अवस्था गम्भीर रहेको छ ।
धेरै संक्रमित भएका प्रान्तहरू
टोकियोमा १ लाख १५ हजार १ सय ७०, ओसाकामा ४८ हजार २ सय १४, खानागावामा ४६ हजार २ सय ८२, साईतामामा ३० हजार ८ सय २४, चिबामा २७ हजार ८ सय ३८, आईचीमा २६ हजार ४ सय ५५, होक्काईदोमा १९ हजार ८ सय ४५, फुकुओकामा १८ हजार ४ सय ७२, ह्योगोमा १८ हजार ४ सय ३७ र क्योतोमा ९ हजार १ सय ९० जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ४ सय ७३, इबाराकीमा ६ हजार १ सय ६६, सिजुओकामा ५ हजार ३ सय ९१, हिरोसीमामा ५ हजार ६२ र गिफुमा ४ हजार ६ सय ८४ जना संक्रमित संख्या पुगेको छ ।
मृत्यु संख्या धेरै भएका प्रान्तहरू
टोकियोमा १ हजार ५ सय ७७, ओसाकामा १ हजार १ सय ५४, खानागावामा ७ सय ४६, साईतामामा ६ सय ५५, चिबामा ५ सय आठ, आईचीमा ५ सय ५३, होक्काइदोमा ७ सय छ, फुकुओकामा ३ सय १४, ह्योगोमा ५ सय ६६ र क्योतोमा १ सय ६४ जनाको मृत्यु भएको छ ।
टोकियोमा ३ सय ३०, ओसाकामा १ सय २०, खानागावामा ९५, साईतामामा १ सय ८३, चिबामा १ सय २९, आईचीमा ५५ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ५८, फुकुओकामा ४१, ह्योगोमा ५४, क्योतोमा १०, ओकिनावा ३०, इबाराकीमा १७, सिजुओकामा १८, हिरोसीमाका दुईर गिफुमा चारजना संक्रमित थपिए ।

