दोस्रो रिङ रेस्लिङ चैत २० गतेदेखि पोखरामा हुने

-


     मर्दी न्युज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित


पोखरा । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा यही चैत २० र २१ गते दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ ।

पोखरा रंगशाखाको बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, द युव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोनलगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेले एक लाखसहित च्याम्पियन बेल्ट, द्वितीयले ५० हजारसहित साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने संघका महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगिताका लागि २९ लाख खर्च हुने आयोजकले बताइएको छ । उक्त प्रतियोगितामा नेपालका ख्यातीप्राप्त हास्यकलाकार सन्दिप क्षेत्रीको पनि विशेष प्रस्तुती रहने छ ।