जापानमा थपिए २०८७ जना संक्रमित, ३३ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र १७ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान , १७ चैत । जापानमा पछिल्लो २४ घण्टामा २ हजार ८७ जना कोरोना संक्रमित थपिनुका साथै ३३ जनाको मृत्यु भएको छ । आईतबार १३ हजार ४ सय १९ जनाको पिसीआर परीक्षण गरिएको थियो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ७३ हजार ३७ जना पुगेको छ ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ९ हजार १ सय ४० जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ४४ हजार २ सय ९९ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये १७ हजार ५९ जनाको उपचार भइरहेको छ भने ३ सय ६८ जनाको अवस्था गम्भीर रहेको छ ।

५ हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख २० हजार ५ सय ७२, ओसाकामा ५१ हजार ६ सय दुई, खानागावामा ४७ हजार ९ सय ३३, साईतामामा ३२ हजार ६ सय ७३, चिबामा २९ हजार ५ सय १३, आईचीमा २७ हजार २ सय ९६, होक्काईदोमा २० हजार ९ सय १८, ह्योगोमा १९ हजार ८ सय ४८, फुकुओकामा १८ हजार ९ सय ८५ र क्योतोमा ९ हजार ४ सय ६० जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ९ हजार ३ सय ७१, इबाराकीमा ६ हजार ७ सय तीन, मियागीमा ५ हजार ८ सय ३८, सिजुओकामा ५ हजार ६ सय ८५ र हिरोसीमामा ५ हजार १ सय ५२ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ७ सय ४७, ओसाकामा १ हजार १ सय ८२, खानागावामा ७ सय ८१, साईतामामा ७ सय, चिबामा ५ सय ६३, आईचीमा ५ सय ७७, होक्काइदोमा ७ सय ४६, फुकुओकामा ३ सय ३२, ह्योगोमा ५ सय ८७ र क्योतोमा १ सय ६९ जनाको मृत्यु भएको छ ।

४७ प्रान्तमध्ये मंगलबार दुई प्रान्तमा संक्रमण शून्य रह्यो भने पाँचओटा प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै ओसाकामा ४ सय ३२, टोकियोमा ३ सय ६४, ह्योगोमा १ सय ७६, मियागीमा १ सय २१, साईतामामा १ सय सात, खानागावामा ९६ जना संक्रमित थपिए । त्यस्तै ओकिनावामा ८७, चिबामा ८१, होक्काइदो र आईचीमा ५६-५६, फुकुओका र क्योतो र एहिमेमा ३०-३०,ईबाराकी र तोचिगीमा २९-२९ जना संक्रमित थपिए ।