फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

-


     मर्दी न्युज    
     चैत्र २२ गते २०७७ मा प्रकाशित


काठमाडौँ । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुनः बढाएको छ।

निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई दुई रुपैयाँले बढाइएको छ।

बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ पर्नेछ।

इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजेलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।