
काठमाडौं । नेकपा (एमाले)को दशौँ महाधिवेशन आयोजक कमिटीका सदस्य तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले आजबाट पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालेका छन् ।
केन्द्रीय कार्यालय बबरमहलमा कार्यालय प्रमुख रहेका महासचिव ईश्वर पोखरेलको उपस्थितिमा पदभार ग्रहण गरेका हुन् ।
गएको १० वैशाखको बैठकबाट तामाङले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । अध्यक्ष केपी शर्मा ओलीले तामाङलाई बागमती प्रदेशको सहइन्चार्जको समेत जिम्मेवारी दिएका छन् ।

