
पोखरा । संस्कृतिकर्मि तथा हिमाली सांस्कृतिक परिवारको अध्यक्ष मेनकाजी गुरूङको फिस्टेल हस्पिटलमा निधन भएको छ ।
उहा मुटुको विरामी हुनुहुन्थ्यो । पोखराको सांस्कृतिक विकाशको निम्ति उहाको अमुल्य योगदान रहेको छ । पोखरामा लोपोन्मुख अवस्थामा रहेको नौमति पञ्चे बाजा र (गुरूङ जातिहरूको प्रसिद्व सामुहिक छयाटु नृत्य प्रतियोगिता आयोजक, तमु सांस्कृतिक प्रतिष्ठान उनकै पहलमा )नेतृत्वमा आयोजना भएको थियो । उहा एउटा कुशल नृत्य प्रशिक्षक हुनुहुन्यो । पुरानो नेपाली चलचित्र कान्छिमा उहाले नायिका शर्मिला मल्ल संग युगल नृत्य गर्नु भएको थियो ।
तीन साता अघि उनी कोरोना मुक्त हनुभएको थियो । वैशाख तीस गते उनको श्रीमतिको कोरोना संक्रमणबाट निधन भएको थियो । उनको एक छोरा र एक छोरी छन ।

