
पोखरा । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय शहर पोखराका पर्यटन ब्यबसायीहरु यतिबेला आन्दोलित छन् ।
No Vaccine – No Tourism, No Tourism – No Business, No Business – No Tax, No Tax – No Development
पर्यटन ब्यबसायी तथा मजदुर कर्मचारीहरुलाई अग्रपंक्तिको रूपमा लिन र कोभिड विरुद्धको खोपमा प्राथमिकतामा पार्नुपर्ने, ब्यबसाय जिबनरक्षा कोषको रकम सहज र सरल रूपमा उपलब्ध हुनुपर्ने, बैंकमा तिर्नुपर्ने कर्जाको किस्ताको पुनर्तालिकिकरण तथा ब्याजमा छुट र सहुलियत हुनुपर्ने, ब्यबसायलाई नै धितोको रुपमा मुल्यांकन हुनुपर्ने, कम्पनीले सिफारिस गरेका मजदुर कर्मचारीले बैंकबाट कम्तीमा १ लाख देखि ५ लाखसम्मको ऋण पाउनुपर्ने लगायतका मागहरू सहित शान्तिपूर्ण रूपमा सडकमा ओर्लिएका हुन् ।

आज असार २१ गते बिहान पोखरा पर्यटन परिषदको अगुवाइमा ब्यानर तथा प्लेकार्ड सहितको शान्तिपूर्ण जुलुस निस्केको थियो । जुलुसले जिल्ला प्रशासन कार्यालय कास्कीको कार्यालय बाहिर धर्ना दिएको थियो भने पोखरा पर्यटन परिषदका अध्यक्ष तथा सल्लाहकारहरुको टोलिले प्रमुख जिल्ला अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

त्यसैगरी, आजनै गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेल र नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालयका कार्यालय प्रमुखलाई समेत भेटेर ज्ञापन पत्र सहितको ध्यानाकर्षण गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले बताउनुभयो ।
भोलि असार २२ गते पोखरा महानगरपालिका का मेयर मान बहादुर जिसिलाई भेटेर ज्ञापन पत्र बुझाइने पोखरा पर्यटन परिषदका उपाध्यक्ष पोम नारायण श्रेष्ठले बताउनुभयो ।







फोटाहरुः मनशान्त घिमिरे

