देशका विभिन्न ठाउँमा चट्याङ्सहित वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     जेठ १ गते २०७९ मा प्रकाशित


पोखरा । देशका विभिन्न ठाउँमा आज चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बंगाल आसपास रहेको न्युन चापीय रेखाको सामान्य प्रभावका कारण प्रदेश नं १, मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।

आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानका वर्षा हुने सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिमी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आजराति प्रदेश–१, गण्डकी प्रदेश, लुम्बिनी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।