नेपालगन्जको वीरेन्द्र चोकमा शालिक राख्न खोज्दा प्रहरी र राप्रपा कार्यकर्ताबिच झडप

-


     मर्दी न्युज    
     जेठ १९ गते २०७९ मा प्रकाशित


काठमाडौँ । नेपालगन्जको वीरेन्द्र चोकमा शालिक राख्ने क्रममा प्रहरी र राप्रपाका कार्यकर्ताबिच झडप भएको छ।

राप्रपाका युवाहरुले आज बिहान उक्त चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए।

शालिक राखेको एक घण्टा बित्न नपाउँदै स्थानीय प्रहरी, प्रशासनले बल प्रयोग गरी हटाउन खोज्दा झडप भएको हो। सो क्रममा प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको थियो।