
साताको सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक करिब ५७ अंकले उकालो लागेको छ । हिजो बुधबार ११ अंकको करेक्सन आएको सेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको हो ।
चार महिनापछि सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको बिन्दु पार गर्दै २०२९.०३ अंकमा बन्द भएको छ । भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको हो ।
नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा बिहीवार करिब ३ अर्बको कारोबार भएको छ । आज २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता सेयर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँमा सेयर खरिदबिक्री भयो।
अघिल्लो कारोबार दिन बुधबार २ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
यसदिन १० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने ७ कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढिले बढ्यो।
आज १२ करोड मूल्य बढिको सेयर कारोबार गरी हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहयो। यस्तै नेपाल दूरसंचार कम्पनी १० करोडको कारोबार गरी दोस्रो स्थानमा रह्यो भने फाइनान्स समूहको सूचक सर्वाधिक ५.३८ प्रतिशतले बढ्यो । हाइड्रोपावरको ४.९२ र नन लाइफ इन्स्योरेन्सको ४.३९ले बढ्दा डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्सको ३ प्रतिशत बढिले वृद्धि भयो।
कारोबारमा आएका १७ कम्पनीको मूल्य भने ओरालो लाग्यो ।

