
चौधरी ग्रुपको सहायक कम्पनी सिजि—नेटले नेपालका ग्राहकहरुलाई सस्तो मूल्यमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। उक्त कम्पनीले छोटो समयमा नै उपभोक्ताको मनमा विशेष स्थान ओगटदै नेपालको आईएसपि क्षेत्रमा फड्को मार्न सफल भएको छ ।
सिजि—नेटले नेपालमा पहिलो पटक १२० एमबीपीएसको इन्टरनेटबाट यात्रा सुरु गर्यौ भने जुन समयमा अन्य इन्टरनेट सेवा प्रदायकहरूले ८० एमबीपीएस र उच्चतम ब्यान्डविथ १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराउँदै आएका थिए । सिजि—नेटले ग्राहकहरूले खरिद गरेका ब्यान्डविथ प्याकेजहरूको उच्च दरबारे उनिहरुलाई सचेत हुन मद्दत गरेका थिए । यद्यपि सिजि—नेटको सेवा सुचारु भएपछि अन्य कम्पनीहरुले पनि उच्च ब्यान्डविथका योजनाहरु सार्वजनिक गरे ।
नेपालमा उपभोक्ता र प्रविधि बिच ठुलो दूरी रहेको अवस्थामा त्यही कुरालाई मध्यनजर गर्दै असमानतालाई कम गर्न र नेपालीहरुलाई सस्तो र राम्रो इन्टरनेटको पहुँच सुनिश्चित गर्न सिजि—नेटले सहयोग गर्यो । अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले लिने शुल्कको आधा मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराएका सिजि—नेटले स्थापनाकालदेखि नै ग्राहकहरुको अपेक्षा भन्दा राम्रो सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आईएसपि क्षेत्रमा यस्तो नँया अवधारणमार्फत कोसेढुङ्गाको सिर्जना गरेको छ।
सिजि—नेटले देशका अन्य भागहरूमा आफ्नो सेवाको दायरा विस्तार गर्दै विभिन्न अफर तथा योजनाहरु प्रस्ताव गर्दै नवीनतम प्रविधिहरू ल्याउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

