काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिशूलीमा खस्यो

-


     मर्दी न्युज    
     भाद्र ६ गते २०८० मा प्रकाशित


पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको बस धादिङको गजुरीनजिकैबाट त्रिशूली नदीमा खसेको छ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ । १५ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको प्रहरीले बताएको छ ।