पुलिस क्लबसँग मधेश प्रदेश ५७ रनले पराजित

-


     मर्दी न्युज    
     मंसिर १० गते २०८० मा प्रकाशित


पोखरा । पोखरामा चलिरहेको केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई हराएको छ । आज आइतवार भएको खेलमा पुलिसले मधेसलाई ५७ रनले पराजित गरेको हो ।

पुलिसले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको मधेस १८ ओभर २ बलमा १ सय १८ रनमा अल आउट भयो । मधेसका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । यस्तै इमरान शेखले २२ रन जोडे । बलिङतर्फ पुलिसका करण केसी, सागर ढकाल, रशिद खान र ललित राजवंशीले समान २ विकेट लिए ।

यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनायो । पुलिसका कुशल भुर्तेलले शतक बनाए । उनी ५७ बलमा ७ छक्का र ८ चौकाको मद्दतमा १ सय २ रन बनाएर आउट भए । कुशल यो प्रतियोगितामा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । बलिङतर्फ मधेसका विशाल पटेल र विशाल शुस्लिङले समान २ विकेट लिए ।