अवरुद्ध पृथ्वी राजमार्ग सुचारु गर्नका लागी अझै चार देखी पाँच घण्टा लाग्ने

-


     मर्दी न्युज    
     जेठ १३ गते २०८२ मा प्रकाशित


धादिङ । अवरुद्ध पृथ्वी राजमार्ग सुचारु गर्नका लागी अझै चारदेखि पाँच घण्टा लाग्ने भएको छ ।

बिहान करिब ११ बजेको समयमा स्तर उन्नति सहित निर्माणाधीन अवस्थामा रहेको सो राजमार्गको थाँक्रे गाउँपालिका स्थित सोप्याङ्ग खोलामा भएको पुलको एकातिरको भाग भासिए पछि राजमार्गमा सवारी आवागमन दुबैतर्फ ठप्प भएको हो ।

अहिले भासिएको स्थानमा ग्याविन जाली भरी सञ्चालन गराउने प्रयास भई रहेको नाग ढुङ्गा मुग्लीन सडक आयोजना पूर्वी खण्डले जनाइएको छ ।

सडकमा सवारी जाम निकै लागेकोले साना तथा यात्रुवाहक सवारीका साधनहरुलाई गल्छी बैरेनी हुँदै नुवाकोटबाट टोखा छहरे सडकबाट राजधानी काठमाडौँ पठाइएको छ । सो पुलसँगै अर्को नयाँ पुल निर्माणका क्रममा पुरानो पुल भासिएको आयोजनले जनाइएको छ ।