सुन तोलामा एक सय रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

-


     मर्दी न्युज    
     श्रावण १९ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन प्रतितोला एक लाख ९६ हजार ५ सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर दुई हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।