
सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको छ । वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन मूल्य प्रतितोला १ हजरा ९ सय रुपैयाँ बढेको हो । सोमबार सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रुपैयाँमा कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २५ रुपैयाँले बढेर २ हजार २८० रुपैयाँका कारोबार भइरहेको छ । मङ्गलवार चाँदी २ हजार २ सय ५५ रुपैयाँका कायम भएको थियो ।

