उत्तराखण्ड आएको बाढीमा परेर धादिङका चार जना सम्पर्क विहिन

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०८२ मा प्रकाशित


धादिङ । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तर काशीको हर्सिल क्षेत्रमा मङ्गलवार दिउँसो आएको बाढीमा परेर धादिङको ४ जान सम्पर्क विहीन भएका छन् । उक्त बाढीमा परेर ज्वालामुखी गाउँपालिका स्थित वडा नम्वर –२ काफल छापका ४ जना सम्पर्क विहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेहरूमा लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ छन् ।

उनीहरू कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरूकै परिवारका सदस्यहरूबाट जानकारी पाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खोजीका लागि गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई आग्रह गरिएको छ ।