
रौतहटको गौरमा सुटकेस भित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेस भित्र महिलाको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिवार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । बिहान सो सुटकेस खोलेर हेर्दा एक महिलाको शव भेटिएको हो ।
मृतक रौटहटको माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
उनको हत्या गरेर शव सुटकेसमा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ । टाउकोमा गहिरो चोट देखिएको छ। सुटकेशमा केही कागजात र मृतक महिलाको सुरुवालको खल्तीमा केही नगद रुपैयाँ पनि भेटिएको छ । शव पोस्टमार्टमक लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।

