
नेपाली बजारमा आइतवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । आइतबार प्रतितोला ३ हजार रुपैयाँ बढेर आज प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने २ लाख ६ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर आज प्रतितोला २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार २ हजार ३ सय ६० रुपैयाँमा कायम भएको थियो ।

