
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउदै बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएकाे हाे। आज सुन तोलामा दुई हजारले बढेर दुई लाख ७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा दुई लाख ५ हजार नौ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी ५ रुपैयाँले घटेर २ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार २ हजार ४८५ रुपैयाँमा कायम भएको थियो ।

