सुनको मूल्यमा रेकर्ड बन्ने क्रम जारी

-


     मर्दी न्युज    
     भाद्र २२ गते २०८२ मा प्रकाशित


सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको १६ सयले बढेर प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रवार भने सुन तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको २४९० मा कारोबार भएको थियो।