सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, चाँदीको घट्यो

-


     मर्दी न्युज    
     असाेज २९ गते २०८२15 मा प्रकाशित


दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुन बुधबार तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलामा दुई लाख ४८ हजार ५०० रुपैयाँमा कायम भएको थियो । शुक्रबारयता सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने उच्च मूल्य रेकर्डबाट आज घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँ घट्दै ३ हजार २४० मा झरेको महासंघले जनाएक छ ।