
नेपाल आइसिसी टी-२० विश्वकपमा छनोट भएको छ। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ ।
ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले सामोआलाई ७७ रनले हराएपछि नेपालले विश्वकपमा आफ्नो स्थान पक्का बनाएको हो।
नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलको थियो। अब नेपालले भारत र श्रीलंकामा २०२६ मा हुने टी-२० विश्वकप खेल्नेछ।