नेपाल–ओमनबीच खेल सुरु, टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

-


     मर्दी न्युज    
     असाेज २९ गते २०८२15 मा प्रकाशित


आइसिसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत खेलमा नेपालले ओमनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमनमा जारी छनोटमा घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुई खेल अगावै नेपाल र ओमनले टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

ओमनविरुद्ध नेपालको प्लेइङ-११ मा रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, आदिल आलम र सोमपाल कामी रहेका छन्।