सुनको मूल्यले रेकर्ड ब्रेक गर्ने क्रम जारी, साढे २ लाख नाघ्यो

-


     मर्दी न्युज    
     असाेज ३० गते २०८२16 मा प्रकाशित


नेपाली बजारमा आज सुनको मूल्यले साढे २ लाख नाघेको छ ।

आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको सुनको मूल्य हालसम्मकै उच्च हो ।

बुधबार सुन तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर तीन हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तीन हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।