तोलामा ४ हजार ८ सय घट्यो सुन

-


     मर्दी न्युज    
     कार्तिक २ गते २०८२19 मा प्रकाशित


नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर आज प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि शुक्रबार भने सुन २ लाख ५८ हजार रुपैयाँमा कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ७५ रुपैयाँ घटेर आज ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।