सडक भासिएपछि अस्तव्यस्त बन्यो पृथ्वी राजमार्ग

-


     मर्दी न्युज    
     कार्तिक ७ गते २०८२24 मा प्रकाशित


पृथ्वी राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढेको छ ।

मुग्लिन-आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक भासिएर आवागमन एकतर्फी भएको हुनाले सवारीसाधन साधनहरूको चाप अत्यधिक भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

उक्त सडकमा सवारी चापका कारण मुग्लिन नारायणगढ सडक खण्डमा समेत जाम भएको छ ।

सवारी चापका कारण कुरिनटारसम्म पनि सडक जाम भएको छ ।

पहिरोको उच्च जोखिम स्थानहरू लगायत पुलमाथि सवारीसाधन नरोक्न सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।