सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

-


     मर्दी न्युज    
     कार्तिक १० गते २०८२ मा प्रकाशित


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुनको मूल्य दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ३५ रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।