सुनचाँदीको मूल्य बढ्यो

-


     मर्दी न्युज    
     मंसिर ४ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा दुई लाख ४२ हजार तीन सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले  बढेर प्रतितोला तीन हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा तीन हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।