सुनको मूल्य घट्दा चाँदीको बढ्यो

-


     मर्दी न्युज    
     पुस ६ गते २०८२ मा प्रकाशित


आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ।  शुक्रबार तोलामा चार हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी अइतबार चार हजार एक सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।