वरिष्ठ कलाकार सुनिल थापाको निधन

-


     मर्दी न्युज    
     माघ २४ गते २०८२ मा प्रकाशित


वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।

थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए। उनी नेपाली फिल्ममा खलनायक दृश्यमा स्थापित कलाकार हुन्। उनी फिल्मी जगतमा राते काइला नामले पनि परिचित छन्।

थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।