
रामेछाप – मन्थली नगरपालिका वडा नं ६ मसानटार नजिक गत मंगलबार भएको बस दुर्घटनामा बेपत्ता भएका ९ वर्षीय कृचन तामाङको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनापछि बेपत्ता रहेका मन्थली नगरपालिका वडा नं २ का कृचन को शव आज खुर्कोट नजिक सुनकोसी नदीमा भेटिएको हो। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त खोजी अभियानका क्रममा नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिएको छ। अझै दुइ जना नदिमा बेपत्ता रहेका प्रहरीले जनाएकाे छ ।
गत मंगलबार मसानटार क्षेत्रमा भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने ३ जना नदिमा बेपत्ता भएका थिए। बेपत्ता १ जनाके शव फेला परेसंगै उक्त दुर्घटनामा मृत्यु हुनेकाे संख्या १३ पुगेकाे छ। दुर्घटनापछि बेपत्ता भएकाको खोजी कार्य निरन्तर जारी राखिएको थियो।
शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। घटनाप्रति स्थानीयवासीमा अझै शोकको वातावरण छ। उक्त दुर्घटनामा मृत्यु हुनेहरुको शोकमा गाउँपालिकाले सेमबार एक दिन सार्वजनिक बिदा दिएकाे गाउँपालिकाका अध्यक्ष केशव महतले बताए ।

