पासोमा परेर घाइते भएको चितुवा मर्‍यो

-


     मर्दी न्युज    
     फागुन ५ गते २०८२ मा प्रकाशित


अर्घाखाँची । मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी –३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो । घाइते चितुवालाई उद्धार गरी उपचारका लागि अर्घाखाँची जिल्ला वन कार्यालयमा लगिएको थियो ।

उपचारका सोमबार दिउँसो चितुवा मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिए । चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन् । उनको उपचार भइरहेको छ । रासस