मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस

-


     मर्दी न्युज    
     फागुन १० गते २०८२ मा प्रकाशित


काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनमा मतदाताको सहभागिता बढाउने उद्देश्यसहित फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ।

आयोगका अनुसार मतदान प्रक्रियामा अधिकतम सहभागिता सुनिश्चित गर्न तथा मतदाता अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त अवधिमा बिदा आवश्यक हुने निष्कर्षसहित सरकारलाई प्रस्ताव पठाइएको हो। 

सरकारको निर्णय अनुसार बिदा सम्बन्धी अन्तिम व्यवस्था कार्यान्वयनमा आउने बताइएको छ।