
मौन अवधिको समयमा काँग्रेसका पूर्व वडाध्यक्षको गाडीबाट पाँच लाख रुपैयाँ नगद बरामद भएको छ।
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का पूर्व वडाध्यक्ष ह्रिन्जिन दोर्जे विष्ट (नवाकुङ्गा लामा) ले प्रयोग गर्दै आएको गा १ च ६५२४ नम्बरको गाडीबाट उक्त रकम फेला परेको हो।
गाउँपालिका स्रोतका अनुसार, मौन अवधिमा लोमन्थाङतर्फ जाँदै गरेको गाडीलाई चराङ क्षेत्रमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। जाँचका क्रममा गाडीभित्र काँग्रेसको झण्डामा बेरिएको अवस्थामा पाँच लाख नगद फेला परेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र बरामद रकमको स्रोतबारे स्पष्ट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।


