देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, केही ठाउँमा बहिष्कार

-


     मर्दी न्युज    
     फागुन २१ गते २०८२ मा प्रकाशित


काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज अधिकांश मतदान केन्द्रमा मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म देशभर शान्तिपूर्ण रूपमा मतदान भएको छ। 

केही निर्वाचन क्षेत्रमा भने मतदान बहिष्कारको घटना देखिएको छ। ओखलढुंगाको माने भन्ज्याङ मा स्थानीय मतदाताहरूले मतदानमा सहभागी नभएका छन्।

त्यस्तै, दाङको बबई गाउँपालिका-७, मलई स्थित देउती माध्यमिक विद्यालय (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता माध्यमिक विद्यालय मा मतदाताहरूले मतदान बहिष्कार गरेका छन्।

निर्वाचन आयोगले शान्तिपूर्ण मतदानलाई प्राथमिकता दिँदै बाँकी प्रक्रिया पूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।