नेकपा संसदीय दल नेतामा प्रचण्ड चयन

-


     मर्दी न्युज    
     चैत्र १५ गते २०८२ मा प्रकाशित


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतृत्वका लागि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरिएको छ।

संसदीय दलको आइतबार सम्पन्न बैठकले ‘प्रचण्ड’लाई दलको नेता नियुक्त गरेको जानकारी सांसद रमेश मल्लले दिएका छन्।

यसअघि २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सीट जितेर संसदीय प्रतिनिधित्व सुनिश्चित गरेको थियो।