
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन ६ हजार ७०० रुपैयाँले बढेर तोलामा दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा दुई लाख ८३ हजार पाँच सय रुपैयाँका कारोबार भइरहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

