
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु ७ हजार ४०० र चाँदी रु १०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९७ हजार ६०० र चाँदीको मूल्य रु ४ हजार ९४५ कायम भएको छ ।
हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९० हजार २०० र चाँदीको मूल्य रु ४ हजा र ८४५ कायम भएको थियो ।

