
२०८२ सालको अन्तिम कारोबार दिन सेयर बजार ४.१८ अंक घटेको छ ।
यो कमीसँगै बजार २८३३ अंकमा झरेको छ । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६६ करोडको कारोबार भएको छ।
१०५ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने १२ को स्थिर रह्यो । होटेल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढेको छ ।

